Why RBCL ? Check this out !

RBCL नै किन ???????
यसकारण अबको बजारमा महँगो मूल्यको सेयर RBCL हुनेछ (सुन्दर प्रसाद पकुवालको विश्लेषण)
राष्ट्रिय बीमा कम्पनीको अहिले चुक्ता पूँजी १२.४४ करोड छ भने जगेडा कोष भने लगभग २ अर्ब छ । अहिलेसम्मको यस कम्पनीको उच्च मूल्य १९,५०० पुगेको छ । गत वर्ष यसको मूल्य ४,००० थियो । अब यस कम्पनीले २ वर्षमानै आफनो चुक्ता पूँजी पुजी १ अर्ब पुर्याउनु पर्नेछ । प्रति सेयर आम्दानी (EPS) १८८ छ भने मूल्य आम्दानी अनुपात भने ९५ छ ।

PROs (सकारात्मक पक्ष):

  • RBCL को चुक्ता पुजि १२.४४ करोड मात्र छ ! यो कम्पनिले १ अर्ब चुक्ता पुजि केहि महिनामा पुर्याउनु पर्ने बाध्यता छ, जसको लागि ८७.५६ करोड रुपैयाको सेयर shareholder लाई बितरण गर्नु पर्छ !
  • भिमकाय रिजर्ब रकम (करिब २ अरब रुपैया त्यो पनि दोश्रो त्रैमास सम्म मात्र,अहिले त २ अर्ब+ ) छ ! जसको कारण right call or merge, acquisition मा जानू पर्ने कुनै आवस्यकता नै छैन !


  • सोही रिजर्भ बाट RBCL holders लाई 704% बोनस केहि महिना भित्र दिनु बाध्यता छ, तर दिन सक्ने क्षमता त १५००% नै छ ! अहिले 100 कित्ता RBCL हुने हो भने केहि महिना भित्रमा ८०४ कित्ता पुग्छ !
  • जसरी भिमकाय नम्बर वान रिजर्ब कोष छ त्यसरि नै बिका कोष पनि नम्बर एक नै छ जुन १.१ अरब जति छ ! यसको प्रतिस्पर्धा गर्न सक्ने कुनै माइकिलाल नन लाइफ जन्मेको छैन !
  • १२२% बोनस पचाउन चाहानुहुन्छ भने अब किन्ने समय केबल ३ दिन बाकी छ, हुन त त्यस पछि पनि 100% कै दरले बोनस आउने छ ! बास्तबमा २२ गते हुने AGM ले पारित गर्ने भनेको ३ आर्थिक वर्षको बोनस क्रमशः ३९, ३९ र १५% हो ! केही media ले हावा तालमै तीन बोनसलाई जोडी ९३% भन्ने लेखेका छन ! तर मेरो बिचारमा 122% नै हुन्छ जस्तो 100 कित्ता सेयर छ, पहिलो आब को 39% बोनस पछि (100 + 39) 139 कित्ता हुन्छ, दोस्रो आ ब को 39% बोनस पछि 193.21 कित्ता (139 + 39% of 139) हुन्छ र अर्को आ ब को 15% पछी 222.2 कित्ता (193.21 + 15% of 193.21) हुन्छ ! यसरी हेर्दा शुरुको 100 कित्ता 222 कित्ता भयो, अर्थात अहिले cumulative bonus 122% (222 - 100) नै आउँछ !
First Target price: 23,000
Second Target Price: 30,000

Support 1: 17,000

Support 2: 15,000

Trend: (Up/Down)

Long Term: UP

Mid Term: Down

Short Term: UP
  • मानिलिनुस, 93% मात्र नै आयो तर चिन्ता नलिनुस target भनेको १ अरब नै हो पुर्याउनु पर्ने so अर्को पटक छप्पर फारके पाउनु हुन्छ ! १५ महिनामा नि हो नि एक अर्ब पुर्याउनु पर्ने !
  • RBCL holder ले NIB र NABIL को सेयर किन्नु जरुरी नै पर्दैन, 10 कित्ता RBCL किन्न साथ 100 कित्ता NIB (जसको बजार मुल्य 100*800 = 80,000) र 60 कित्ता NABIL (जसको बजार मूल्य 1,500*60 = 90,000 छ ) को स्वामित्व प्राप्त हुन्छ यसको अर्थ अहिले २ लाख तिरेर १० कित्ता RBCL किन्नेले १.७ लाख (९०,००० + ८०,०००) को NIB र NABIL को सेयर स्वामित्व सित्तैमा पाउछ!
  • बुदा नम्वर ७ को व्याख्या: हाल RBCL ले NIB को सेयर १.२ करोड कित्ता र नबिलको ०.७ करोड कित्ता hold गरेको छ!तर RBCL को जम्मा जम्मि सेयर भनेको 12.44 लाख कित्ता मात्र हो! अब १ कित्ता RBCL share को स्वामित्व = १२०/१२.४४ = १० कित्ता NIB को सेयर + ७०/१२.४४ =६ कित्ता नबिलको सेयर + ३ कित्ता पुनर्बिमा कम्पनिको सेयर +......... हुन्छ ! यसरी हेर्दा एक कित्ता RBCL को worth बास्तबमा २ लाख जति हुन आउँछ !
  • RBCL को दोस्रो त्रैमास सम्मको EPS 420 annualised छ जुन नेपालमा UNL पछि दोस्रो हो!
  • RBCL सङ्ग भिमकाय सन्ख्यामा रहेको NIB, NABIL, reinsurance company, SRBL लगायत कैयौ कम्पनिको सेयर छ जसको कारण यी commercial bank हरुले cash dividend मात्र दिए भने पनि यसको कमाइ ८० करोड जति cash dividend बाट मात्र हुन्छ ! यसको आफ्नो बिजनेस बाट हुने नाफा त छदै छ ! १ अर्ब चुक्ता पुजि पुगे पछि यसको EPS 120+ नै हुनेछ, बजारमा second position मा रहेको SICL को EPS चाहि 40 - 70 बिच रहने छ!
  • RBCL मा सरकारी तथा सस्थागत holding धेरै भएको हुदा सेयर प्रवाह एकदम कम छ! पुजि नै कम भएको हुदा सेयर सन्ख्या कम छदै थियो!
Pattern Analysis:Chart Patterns- Break Out of Symmetrical TriangleCandlestick Pattern – Bullish Candles are forming 
Oscillator (OB/OS)RSI – Over Bought Zone 71. and negative Divergence is observed.Bollinger Bands –clear indication.MACD - Bullish Zone.Moving Average – Nepse Index is above the 5 EMA and 20 EMA

  • सरकारी भबन आदि मा RBCL को मात्र एकलौटी business छ !
  • अहिले २०,००० तिरेर RBCL किन्नु भनेको १ अर्ब पुग्दा costing २,५०० (२०,०००/८) हुन्छ १ अर्ब पुजि पुगेको SICL लाई हामी २,२०० हाल्दै छौ, सम्पत्ती रिजर्ब कमाइ आदि हेर्दा समान पुजि हुदा RBCL को मूल्य SICL को दोब्बर हुनु पर्ने देखिन्छ!अतएब RBCL इकै नै सस्तो हो !
  • २/४ महिना भित्रमा नै SGM गरेर अर्को १००% आसपासमा बोनस दिदै छ भने ५,००० आसपासमा यसको FPO पनि आउने वाला छ !


CONs (नकारात्मक पक्ष):


  • RBCL मा सरकारी स्वामित्व धेरै भएको हुदा ब्याबस्थापन समितिमा पनि सरकारी कर्मचारिकै हालिमुहाली छ !
  • बर्सौ लगानिकर्तालाई केही नदिइ कुराएर राखेको ले कैयौ लगानिकर्तामा depression बनायो होला !
  • SICL को जस्तो aggressive business छैन !
  • सानो सन्ख्यामा कर्मचारी शाखा छन !
  • कर्मचारिहरु सुतिसुति खान पल्केका छन ,कम्पनि आफै पनि सुतेर बसेको छ , सरकारी परिधिभित्र business गरि बसेको छ! 
  • मूल्य हेर्दा करिब २०,००० छ जुन सर्ब साधरणले किन्ने हिम्म्त नै गर्दैन !
  • दशक पछि AGM गर्न लागेको छ ,फेरि अर्को AGM गर्न अर्को दशक लगाउने त होइन ?
Overview:Technical Analysis अनुसार सबैलाई ऋण लियर सेयर किन्नलाई सल्ला सुझाब दिन चहान्छु ।प्रकाशित: ArthaSarokar Monday, April 10, 2017

Source: FB 2017

No comments:

Post a Comment