Daily News Update Details !

चालू आवमा ३३ अर्बको बोनस र साढे २५ अर्बको हकप्रद शेयर आयो !

काठमाडौं, असार ३० । चालू आर्थिक वर्षको असार २९ गतेसम्ममा नेपाल धितोपत्र बोर्डमा १०९ वटा कम्पनीको ३३ अर्ब २ करोड ५९ लाख २९ हजार रुपैयाँबराबरको ३३ करोड ८० लाख ७८ हजार कित्ता बोनस शेयर वितरण गर्न आवेदन दिएका छन् ।नेपाल स्टक एक्सेन्ज (नेप्से) मा सबै कम्पनीको बोनस शेयर सूचीकृत भइसकेका छन् ।



चालू आवमा बोनस शेयर दिनेमा वाणिज्य बैंक समूहका १७ वटा, बीमा समूहका १९ वटा, विकास बैंक समूहका २२ वटा, लघुवित्त समूहका २८ वटा, होटल समूहका २ वटा, फाइनान्स समूहका १०, जलविद्युत समूह ६, अन्य समूहका ४ र उत्पादक तथा प्रशोधन समूह एउटा कम्पनी रहेका छन् ।

चालू आवमा वाणिज्य बैंकहरूको २३ अर्ब ३३ करोड ८ लाख १७ हजार ८९१ रुपैयाँबराबरको २३ करोड ३३ लाख ८ हजार १ सय ७८ दशमलव ९० कित्ता बोनस शेयर सूचीकृत भएको छ भने विकास बैंक समूहको २ अर्ब ९८ करोड, ९२ लाख ७५ हजार ३३५ रुपैयाँ बरारबको २ करोड ९८ लाख ९२ हजार ७ सय ५३ दशमलव ३५ कित्ता, बीमा समूहको ३ अर्ब ४२ करोड ७७ लाख ७७ हजार ५० रुपैयाँ बराबरको ३ करोड ४२ लाख ७७ हजार ७ सय ७० दशमलव ५ कित्ता र फाइनान्स समूहको ४६ करोड ६१ लाख ८४ हजार ३३१ रुपैयाँ बराबरको ४६ लाख ६१ हजार ८ सय ४३ दशमलव ३१ कित्ता शेयर सूचीकृत भएका छन् ।

त्यस्तै लघुवित्त समूहको १ अर्ब ४४ करोड ३५ लाख ९७ हजार ३१५ रुपैयाँ बराबरको १ करोड ४४ लाख ३५ हजार ९ सय ७३ दशमलव १५ कित्ता, होटल समूहका २२ करोड ९३ लाख ९३ हजार ७५ रुपैयाँ बराबरको १ करोड १ लाख १३ हजार ३ सय ५० दशमलव ३५ कित्ता, अन्य समूहको ३३ करोड ६६ लाख ३६ हजार २४५ रुपैयाँ बराबरको ३३ लाख ६६ हजार ३ सय ६२ दशमलव ४५ कित्ता, जलविद्युत् समूहको ७७ करोड ५३ लाख ४ हजार ५७२ रुपैयाँ बराबरको ७७ लाख ५३ हजार ४५ दशमलव ७२ कित्ता र उत्पादक तथा प्रशोधन समूह २ करोड ६९ लाख ४३ हजार ९ सय रुपैयाँ बराबरको २ लाख ६९ हजार ४ सय ३९ कित्ता बोनस शेयर गरी यस वर्ष कुल ३३ करोड ८० लाख ७८ हजार ७ सय १६ दशमलव ७० कित्ता बोनस शेयर सूचीकृत भएका हुन् ।

बोनस


त्यस्तै चालू आर्थिक वर्षमा धितोपत्र बोर्डमा ५५ वटा कम्पनीहरुको हकप्रद शेयर २५ अर्ब ७० करोड ४१ लाख ८८ हजार ६७६ रुपैयाँ बराबरको २५ करोड ७० लाख ४१ हजार ८८६ दशमलव ७६ कित्ता शेयर स्वीकृत भएका छन ।

चालू आवको शुरुवातदेखि हालसम्ममा ५५ वटा कम्पनीमा ६ वाणिज्य बैक, १७ डेभलपमेन्ट बैंक, ११ बीमा कम्पनी, १२ फाइनान्स कम्पनी र ९ लघुवित्त कम्पनीको हकप्रद शेयर धितोपत्र बोर्डमा स्वीकृत भएका छन् ।

चालू आवमा हकप्रद शेयर वाणिज्य बैंक समूहको ११ अर्ब ६२ करोड ११ लाख ९२ हजार ९२२ रुपैयाँ बरारको ११ करोड ६२ लाख ११ हजार ९२९ दशमलव २२ कित्ता, डेभलपमेन्ट बैंक समूहको ५ अर्ब ७५ करोड ६५ लाख ९७ हजार ६९७ रुपैयाँ बराबरको ५ करोड ७५ लाख ६५ हजार ९७६ दशमलव ९७ कित्ता, बीमा समूहमा ४ अर्ब ७५ करोड ४० लाख ६४ हजार ९०४ रुपैयाँ बराबरको ४ करोड ७५ लाख ४० हजार ६४९ दशमलव शून्य ४ कित्ता बोर्डमा स्वीकृत भएका छन् ।

त्यस्तै फाइनान्स समूहको २ अर्ब ७५ करोड ३७ लाख ९९ हजार ७७८ रुपैयाँ बराबरको २ करोड ७५ लाख ३७ हजार ९९७ दशमलव ७८ कित्ता र लघुवित्त समूहको ८१ करोड ८५ लाख ३३ हजार ३७५ रुपैयाँ बराबरको ८१ लाख ८५ हजार ३३३ दशमलव ७५ कित्ता हकप्रद शेयर स्वीकृत भएका छन् ।

स्वीकृत हकप्रद शेयर केही कम्पनीहरु बाहेक सबै कम्पनीले वितरण गरिसकेका छन् । हाल प्रभु इन्स्योरेन्स कम्पनी असार ८ देखि साउन १० गतेसम्म, जेबिल्स फाइनान्सको असार १० गतेदेखि साउन १३ गतेसम्म, सिद्धार्थ इन्स्योरेन्सको र आरएसडीसी लघुवित्तको असार १७ गतेदेखि साउन २० गतेसम्म सिनर्जी फाइनान्सको असार २५ गतेदेखि साउन २७ गतेसम्म, मिर्मिरे माइक्रोफाइनान्सको र समता माइक्रोफाइनान्सको असार २७ गतेदेखि साउन २९ गतेसम्म हकप्रद बिक्री खुल्ला गरिएको छ ।

त्यस्तै नेशनल लाइफ इन्स्योरेन्सको साउन १ गतेदेखि भदौ ४ गतेसम्म, नागबेली लघुवित्तको साउन ४ गतेदेखि भदौ ७ गतेसम्म र स्वरोजगार लघुवित्तको साउन १३ गतेदेखि भदौ १७ गतेसम्म हकप्रद बिक्री खुल्ला गरिनेछ ।
त्यस्तै गरी यसै वर्ष नेपाल धितोपत्र बोर्डमा ६ वटा स्वीकृत कम्पनी बिक्री गर्न बाँकी नै रहेका छन् । ती गुराँस लाइफ इन्स्योरेन्स, आइएमई जनरल इन्स्यारेन्स, प्रोगेसिभ फाइनान्स, नेपाल क्रेडिट एन्ड कमर्स बैंक, नयाँ नेपाल लघुवित्त वित्तीय संस्था र सिटी एक्सपे्रस फाइनान्स कम्पनी रहेका छन् ।

हकप्रद


Source: ArthikNews

No comments:

Post a Comment